Logo

राजनीति

साइबर ब्यूरो र प्रेस काउन्सिल पुगे पूर्वमन्त्री खरेल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशित गरेको भन्दै राजधानी दैनिक र केही सामाजिक सञ्जालविरुद्ध कानुनी कारबाही अघि बढाएका छन्।

उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्। सांसद खरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो बारेमा झुटा र कपोलकल्पित समाचार आएकोमा आपत्ति जनाएका छन्।

 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १८:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।