Logo

राजनीति

एनटिएनसीमा मन्त्री चौधरीको पदभार, ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन



काठमाडौँ। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को अध्यक्षको पदभार ग्रहणसँगै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गरेसँगै मन्त्री चौधरीले आज एनटीएनसीको अध्यक्षको जिम्मेवारी, पदभार ग्रहण लगत्तै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिएकी हुन्।

त्यसैगरी,  पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिइन्।

मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पुर्‍याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमुना संस्था बनाउनु पर्ने  जोड दिइन्। सो  कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटीएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार २१:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।