Logo

राजनीति

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति



काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै  कांग्रेस सांसद निश्कल राईले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आज पनि प्रधानमन्त्री उपस्थित नभएको बताए ।

उनले भने, ‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदन प्रधानमन्त्रीलाई देखेनै ।’

सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे ।

उनले भने, ‘सभाको गरीमा बढाउने र इज्जत जोगाउने सभामुखको हो । सभामुखले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सभाको गरीमा बढाउन सक्दैनन् । सभामुख मार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गर्दछु । ’

उनले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह समेत गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १२:२४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।