Logo

प्रमुख समाचार

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले दिए जवाफ



काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन्।

कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए।

सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निणर्यार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १९:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।