काठमाडौं । रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद न्यौपानेले आपत्ति जनाएका हुन् ।
संवैधानिक परिषद्का निर्णय उपर सर्वोच्चमा आएका रिटहरू सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यसविरुद्ध परेको गुनासोको सनुवाइ गर्दै उनले सोमबार मल्लले रिट दर्ता गर्न आदेश दिएकी थिइन् ।
‘कामु न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश मिडियामा छरपस्ट आएको छ । यो आदेश इजलास संयुक्त हो कि एकल, वृहत वा पूर्ण हो कि ? संविधानको कुन धाराले गाइडेड गरेको इजलास हो, यहाँ देखिन्नँ,’ न्यौपानेले भने, ‘अदालतका आफ्ना मर्यादा र सीमा छन् । माननीय न्यायाधीश र सम्माननीय न्यायाधीशहरूलाई सम्मान गर्दा विधि नियम अनुसार न्याय सम्पादन गर्न हो ।’
सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् ।





















प्रतिक्रिया