Logo

राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् ।

उनले भने,‘आजको एउटै महत्वपूर्ण निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दिने निर्णय भएको छ ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १८:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।