Logo

प्रमुख समाचार

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी, भोलि खोलिने



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्।

समिति सचिवालयका अनुसार प्राप्त भएका यी उजुरीहरू भोलि (मंगलबार) बस्ने समितिको बैठकमा खोल्ने तयारी गरिएको छ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समय सीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही अवधिभित्र उनीविरुद्ध १६ वटा उजुरी दर्ता भएका हुन्।

उजुरीहरू खोलेपछि समितिले ती उजुरीमाथि छानबिन गर्ने र उजुरकर्ताहरूलाई बोलाएर छलफल गर्नेछ। त्यसपछि मात्र प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार २०:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।