Logo

प्रमुख समाचार

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १४:११   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।