पोखरा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि पोखरामा प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको छ ।
शुक्रबार महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा गण्डकी प्रदेशले आफ्ना क्रियाशील सदस्यहरूको विवरणलाई समयसापेक्ष र व्यवस्थित बनाउन विशेष प्रशिक्षण कार्यक्रम गरेको हो ।
सदस्यहरूको पछिल्लो अवस्था र तथ्याङ्कलाई डिजिटल तथा भौतिक रूपमा व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरिएको कांग्रेस गण्डकी महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार, प्रशिक्षणमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्ला र स्थानीय तहका नेतृत्वदायी व्यक्तिहरू सहभागी हुनेछन् ।
यसपछि पार्टीको तल्लो तहसम्मको वास्तविक अवस्था बुझ्न र आगामी कार्यदिशा तय गर्ने जनाएको छ । ‘पार्टीलाई थप सङ्गठित र चलायमान बनाउन क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्नु अनिवार्य छ,’ उनले भने, ‘क्रियाशील सदस्यको अद्यावधिक केन्द्रीय कार्यक्रम नै हो ।’





















प्रतिक्रिया