सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन्।
आज सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका हुन्।
सरकारले सुकुम्वासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे। सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।





















प्रतिक्रिया