Logo

राजनीति

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्य तालिका सार्वजनिक



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्य तालिका स्वीकृत गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्य तालिकाबारे प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ।

स्वीकृत कार्य तालिकाअनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ।

यस्तै, जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुने छन्।

यस्तै, जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार २०:२१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।