काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (प्रि–बजेट) छलफल सम्बन्धमा प्रदेश सभाको मंगलबारको बैठकमा ‘मानिस ठुलो कि बाँदर ? भन्ने प्रश्न उठेको छ ।
नेकपाका सांसद रामप्रसाद ढुंगानाले किसानहरू बाँदर, बँदेल र चितुवाको आतङ्कका कारण गाउँबाट पलायन हुन थालेको बताए भन्दै ‘मानिस ठुलो कि बाँदर ?
भन्ने प्रश्न गरेका हुन्। ‘अहिले पहाडदेखि तराईसम्म बाँदर, बँदेल र चितुवाको आतङ्कले किसानहरू थातथलो छोडेर बसाइ सर्न बाध्य छन् । उनले भनेका छन्,- ‘बाली जोगाउनै नसकिने भएपछि सिद्धान्त र प्राथमिकताको के अर्थ ?’
किसानलाई मल र बिउको मात्र अभाव नभई अहिले बाली जोगाउनै मुस्किल परेको उनको भनाई छ। ‘मल र बिउको हाहाकार सधैँको समस्या हो, तर वन्यजन्तु नियन्त्रणका लागि सरकारसँग कुनै ठोस नीति छैन,’उनले भने ।
बैठकमा अन्य सांसदहरुले पनि कृषि उत्पादनलाई आयातमुखी र आधुनिक बनाउनुपर्नेमा जोड दिएका थिए । किसानका समस्यालाई सधैँ बेवास्ता गर्न नमिल्ने भन्दै सरकारले बोलेरभन्दा पनि गरेर देखाउने बेला आएको उनीहरुले बताए ।




















प्रतिक्रिया