Logo

प्रमुख समाचार

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाइदिनु, कि मलाई निस्केर जा भन्दिनु: हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् ।

बैठकको सुरूमै पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।

सभामुख अर्यालले समय दिएपछि आफ्ना कुरा राखे । त्यसक्रममा उनले भने, ‘सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । यसकारणले म मागद गर्दछु– यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यस्लाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनकको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु ।’

कि संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई निकाल्नुपर्ने उनको आग्रह छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ११:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।