Logo

प्रमुख समाचार

सुशीला कार्की, ओमप्रकाश, गौरीबहादुर, सुधन गुरुङमाथि दुरुत्साहनमा छानबिन गर्न सिफारिस (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहनमा छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ ।

‘जेनजी’ आन्दोलनको प्रदर्शन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन भए/नभएको विषयमा निष्कर्षमा पुग्न सूक्ष्म अनुसन्धानका निम्ति सिफारिस गरिएको हो ।

‘‘भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे/नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए/नभएको वा सोकं दुरुत्साहन भए/नभएको सम्बन्धमा,’’ आयोगले भनेको छ, ‘‘सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आमनागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हकअधिकारको सुनिश्चिततसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।’’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १६:१५   :  बजे

657
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।