काठमाडौँ — आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरू भएको बैठकमा बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्मा उठाइने विषयबारे विस्तृत छलफल हुने जनाइएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही तथा संसद्मा पार्टीले अपनाउने रणनीतिका विषयमा पनि सांसदहरूबीच विचार आदानप्रदान हुने संसदीय दलले जनाएको छ ।




















प्रतिक्रिया