Logo

राजनीति

कांग्रेस संसदीय दलको बैठक : विषयगत समितिको जिम्मेवारी दिनेबारे छलफल



काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी दिने सम्बन्धमा छलफल भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले बैठकमा संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदमा पार्टीको भूमिका र आगामी रणनीति सम्बन्धमा र भोलिको बजेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ ।”

संसदीय दलको केही रिक्त पदहरु पूर्ति गर्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “धेरै कुराहरु हाम्रो संसदीय दलकै विषयवस्तुमा टेकेर भयो । विषयगत समितिको संयोजक जुन विषयगत अध्ययनका लागि जिम्मेवारी दिने विषयमा छलफल भयो । आज एजेण्डा मात्रै राखेका छौं ।”

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार २०:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।