काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए । ‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन,’ उनले भने ।
उनले यो प्रतिवेदन अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित रेकर्ड रहने बताए ।




















प्रतिक्रिया