Logo

राजनीति

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित



काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक सुरु भएको केहिबेरमा कार्यसूचीमा प्रवेश नै नगरी अध्यक्ष नारायाण दाहालले बैठक स्थगित गरेका हुन्।

आइतबार ११ः १५ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो। शून्य समयपछि अध्यक्ष दाहालले विशेष समय नराखिएको जानकारी दिए र २० मिनेटपछि बस्ने गरी स्थगित गरे।

आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

यसैगरी प्रधानमन्त्री शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका तय भएको थियो।

उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।