काठमाडौं । भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन् ।
‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो,’ प्रमुख सचेतक थापाले भनिन्, ‘नेपालले कहाँ मिचेको छ । त्यो जानकारी पाउनुपर्यो।’
यदि मिचेको स्थान छैन भने प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरिन्।




















प्रतिक्रिया