Logo

प्रमुख समाचार

रास्वपाको भर्चुअल सचिवालय बैठक बस्दै, यस्ताे छ बैठककाे कार्यसूची



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ।

आइतबार राति ८ बजे (जेठ १७) सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको हो।

बैठकमा विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकको कार्यसूची:

१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।

२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।

३. अनुशासनात्मक कारबाही सम्बन्धमा ।

४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।

५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा ।

६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।

७. विधान संशोधन सम्बन्धमा ।

८. सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।

९. विविध ।

क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।

ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।