काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर विपक्षी दलका सांसदहरूले लफडा गरेका छन् ।
आइतबार साँझ साढे ८ बजे सुरु भएको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालगायत सांसदहरूले बेल घेराउ गर्दै चर्को नाराबाजी गरे ।
नियमावली मस्यौदा समितिले पेस गरेको प्रतिवेदनलाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राख्दै उनीहरूले सभामुखको आसनसमेत घेराउ गरेका हुन् ।
कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभामा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी भइरहेको थियो ।
सोही क्रममा विपक्षी सांसदहरूले नियमावलीलाई पुनः संसदीय समितिमा पठाइनुपर्ने अडान राख्दै विरोध सुरु गरेका हुन् ।
रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केही सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।




















प्रतिक्रिया