Logo

प्रमुख समाचार

संसद् बैठकमा आजदेखि बजेट छलफल, अर्थमन्त्रीले आयव्ययको प्रस्ताव पेस गर्ने कार्यसूची



काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सुरु हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

आज १ बजे बस्ने सोह्रौं बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजूव र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा  छलफल सुरु हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ०७:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।