काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को बचाउ गर्दै भारत नभएको भए नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउने थियो भन्ने अभिव्यक्ति दिएका छन्।
राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
आइतबार नेपालले भारतको भूमि पनि मिचेको छ भनेर प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिलाई लिएर अहिले प्रतिपक्षी दल तथा सरोकारवाला निकायले आपत्ति जनाएका छन् भने उनको राजीनामासमेत माग गरिएको छ।
यस सन्दर्भमा सुनारले बालनेको बचाउमा उत्रदै भारत नभएको विशेष गरेर कर्णाली, सुदूरपश्चिमका अधिकांश भोकभोकै मर्नुपर्ने अवस्था आउने बताए।
भारतमा रोजगारी गर्न जाने बाध्यतानलाई सीमा जस्तो गम्भीर विषयमा लगेर जोड्दै सुनाले बालेनको बचाउ गरे।
‘अहिले पनि नेपालका लाखौँ-लाख गरिब, दलित, उपेक्षित वर्ग भारतमा भाँडा माझेर बसिरहेको छ। कुल्ली काम गरेर बसिरहेको छ। पीडा सहेर बसिरहेको छ।
सेक्युरिटी गार्ड गरेर बसिरहेको छ’, उनले भने ‘छिमेकमा भारत हुँदैनथ्यो भने कर्णाली, सुदूरपश्चिमका अधिकांश मेरा घरका दाई-भाईहरू भोकै मर्नुपर्ने अवस्था थियो।’
सीमा विवाद र जमिन मिचिएको विषयलाई हल्लारुपमा प्रस्तुत गरे। कालापानी, लिपुलेक भारतले सेना लिएर नेपाली भूमि मिचेको हो।
नेपाल र भारतको दशगजा क्षेत्रमा भारतले पनि नेपालले पनि भोगचलन गर्दै आएको विषयलाई उनले जोडेर नेपालले सीमा मिचेको भन्ने तथ्य प्रष्ट पार्न खोजे।
नागरिकले भोगचलन गर्नु र राज्यले नै जमिन मिचेको विषय फरक रहेको सीमाविद्हरूले प्रष्ट पारिसकेका छन्।
तर, बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले भने सीमामा वारपार हुने भोगचलनलाई पनि सीमा मिचेको गलत अर्थ लगाएका छन्।




















प्रतिक्रिया