वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ ।
केहीबेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जनाए ।उनका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ, अब कानुनी प्रक्रिया सुरु हुनेछ ।
‘बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो ।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंहविरूद्ध गएको १२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जनाए । अरूको छोरीलाई आफ्नो छोरी बनाइ नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ ।




















प्रतिक्रिया