Logo

अर्थ

हिमालय एयरलाइन्सले पहिलो पटक काठमाडौं-सेन्जेन सिधा उडान गर्दै



काठमाडौं । वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान गर्ने भएको छ । हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जुन २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको हो ।

यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको कम्पनीको भनाई छ ।

कम्पनीले काठमाण्डौ–शेन्जेन–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गरिरहेको जनाएको छ । काठमाण्डौबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान गर्नेछ भने शेन्जेनबाट काठमाण्डौका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार ११:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।