काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २२.२१ अंकले बढेर २,७७७ को विन्दुमा कायम भएको छ ।
आज १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १३.६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८५ का इकाइृधनीले गुमाएका छन् । यसका इकाईधनीले ४.५९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया