Logo

अर्थ

माछापुच्छ्रे बैंकको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत लाभांशदर युक्त ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ। नेप्सेका अनुसार उक्त अग्राधिकार सेयर जेठ २० गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गरेको हो, जसको कुल चुक्ता मूल्य ३ अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १७:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।