काठमाडौँ । सर्वोच्च अदालतले दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो । २०८१ चैत ३१ मा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।
यसअघि उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको थियो । गिरीलाई सफाइ दिएपछि त्यसउपर सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो ।
गिरीको श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशमा जेल चलान भएका गिरीलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि उनी पुन न्यायाधीशमा पदस्थापना भएका थिए ।




















प्रतिक्रिया