Logo

समाचार

भ्रष्टाचारको मुद्दामा गलत बयान दिनेविरुद्ध नै मुद्दा दायर



काठमाडौं। भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका ७ का ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग ५० लाख घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीविरुद्ध मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ।

सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ।

आयोगले गलत बयान दिएका गौतमविरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार २१:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।