Logo

बैंकिङ

बीमा प्राधिकरणको अध्यक्षमा ५० जनाको आवेदन, को-को छन् मैदानमा?



काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा अन्तिम दिन आज अपरान्हसम्म ५० जनाले आवेदन दर्ता गराएका छन्। उनीहरूले इच्छुक अर्थ मन्त्रालयमा पुगेर आवेदन दर्ता गराएका हुन्।

आवेदन दिन नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर बम बहादुर मिश्र आफैँ अर्थ मन्त्रालयमा पुगेका थिए।

त्यस्तै, बीमाविज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्वसिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मीलगायत रहेका छन्।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरु र उपनिर्देशकले समेत उम्मेदवारी दर्ता गराएका छन्।

स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, बीमा क्षेत्रमा लामो समय काम गरेका युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्वकामु सिईओ रमेश कुमार भट्टराई समेतले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार २१:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।