काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बिहीबार बस्ने भएको छ।
समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिअनुसार बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरीहरूको अध्ययन तथा भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।




















प्रतिक्रिया