काठमाडौँ | प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक दलभित्र देखिएको आन्तरिक विवादलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेताहरूबीचको व्यक्तिगत अहंकार, पदको प्रतिस्पर्धा र आपसी आरोप–प्रत्यारोपका कारण उनीहरुको डिएनए मिलेको बताएका छन्।
उनले लेखेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन।’
शाहीले आरोप लगाएर विभाजित हुने नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै एक पक्षले लगातार चुनावी हारपछि पनि नेतृत्व नछोड्न खोजेको र अर्को पक्षले चुनाव नै नलडी नेतृत्व प्राप्त गर्न चाहेको बताएका छन्।
उनले पदमा टाँसिएर बस्नु मात्र उपयुक्त नहुने भन्दै नेताहरूले विज्ञप्ति निकाल्ने, भेला आयोजना गर्ने र विभाजनका संकेत दिने गतिविधिले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसा कमजोर हुने बताएका छन्।




















प्रतिक्रिया