Logo

प्रमुख समाचार

शिर काटेर टेवलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ: अध्यक्ष ओली



काठमाडौं । पार्टी भित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन् । उनले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताएका छन् ।

पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भने ।

‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे ’ उनले भने ‘पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुद्ध्ने,कोही अनेक भ्रम फैलाउदै कुद्ध्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन ।’

अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताए । एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताए ।

पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोली चल्नेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १३:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।