काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विगतका कठिनाइँ नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउनेबारे छलफल भएको बताएका छन्।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जालमा उनले भारतसँगको सम्बन्धबारे आफ्नो धारणा राखेका हुन्। भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो छलफल फलदायी भएको उनको दाबी थियो।
उनले भने, ‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताका लागि हाम्रो साझा समृद्धिका लाग यी सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न तत्पर छ।’




















प्रतिक्रिया