Logo

अर्थ

‘शून्य बेरुजु’ लक्ष्यसहित कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

बजेट कार्यान्वयन सुधार, आयोजनाको छनोट, आन्तरिक आम्दानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर बताइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिइएको बताए ।

कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको सरकारले ११ बढी आकर्षक नारामा समावेश गरेको छ । उक्त नीति कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण गर्दै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र निर्यातमा प्रोत्साहन गर्ने नीति सरकारले ल्याएको छ ।

नीति तथा कार्यक्रममा ‘एक गाउँ एक व्यावसायिक फलफूल बगैँचा,’ ‘स्वस्थ माटो, दिगो उत्पादन’ र ‘एक स्थानीय तह, एक कृर्षी पाठशाला’ अभियान जस्ता नाराहरू समेत समावेश छन् । सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सार्वजनिक जमिनको संरक्षण, बाँझो जमिनको खोजी गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षातर्फ १० वर्षे शिक्षा सुधार नीतिसमेत प्रदेश सरकारले ल्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागी ‘लिटिल डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । समुदाय स्वास्थ्य प्रवर्द्धन गर्न विद्यालयका विद्यार्थीहरूलाई हेल्थ एम्बेष्टरका रूपमा विकास गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मुख्यमन्त्री कँडेलले बताए ।

यस्तै ‘एक घर, एक धारा’ नीतिका साथै जगदुल्ला लगायतका जलविद्युत् आयोजनामा लगानी गरिने विषय पनि समेटिएको छ । यो कार्यक्रम विगतकै निरन्तरता हो ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १८:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।