Logo

समाचार

साढे चार सय जनालाई ठगी गरेको आरोपमा पाँच जनाविरुद्व मुद्दा



काठमाडौं। गत शनिबार भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपालीहरु ठगीको घटनामा रुपन्देही प्रहरीले पाँच जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको भन्दै रुपन्देही प्रहरीले ठगी मुद्दामा कारबाही प्रक्रिया सुरु गरेको हो। उनीहरुमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको हो।

उनका अनुसार, डोटी जिल्ला शिखर नगरपालिका बस्ने २३ वर्षीय सिताराम बोहरा, ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका ३० वर्षीय अनिल बुढाथोकी, रोल्पा मुड्केचुला गाउँपालिकाका २३ वर्षीय अमनलाल बुढा, डोल्पा ठूलीभेरी नगरपालिका बस्ने २१ वर्षीय दिनेश बुढा र नवलपुर जिल्ला कावासोती नगरपालिका बस्ने ४५ वर्षीय कमल गिरीमाथि कारबाही सुरु भएको हो।

उद्धार गरिएका नेपाली नागरिकले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याइएको भए पनि सम्झौताअनुसार काम नपाएको गुनासो गरेका थिए।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १९:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।