काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ राेजेकाे नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।
टी २० आईमा उनको यो तेस्रो शतक हो।
यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए।




















प्रतिक्रिया