Logo

प्रमुख समाचार

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा



काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो ।

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार १६:१८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।