काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ प्राप्त सम्मानबारे टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले भारतीय नेतृत्वले लामिछानेलाई निमन्त्रणा दिएर दिल्ली बोलाउनुका पछाडि दुई वटा मुख्य उद्देश्य हुन सक्ने बताए।
उनका अनुसार पहिलो उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा रास्वपा तथा सरकारको समर्थन हासिल गर्नु हुन सक्छ ।
दोस्रो उद्देश्य कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्बन्धी नेपाल–भारत सीमा विवादमा नेपाललाई भारतको पक्षमा सहमत गराउने प्रयास हुन सक्ने उनको भनाइ छ।
सिंहले यी विषयमा रास्वपा र प्रधानमन्त्री बालेन शाहको भूमिका कस्तो रहने भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जाने बताए।




















प्रतिक्रिया