Logo

समाचार

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ।

साम्पाङले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्– म आफैँ लडेँ चोट मलाई नै लाग्यो ! अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले ! धेरै नकराउनु !

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे जानकारी गराउँदै अध्यक्ष साम्पाङलाई सामान्य चेटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको बताएका छन् ।

उनले लेखेका छन्- हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदा झैँ सकृय हुनुहुन्छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ११:१४   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।