काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनी भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ। नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ।
औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।




















प्रतिक्रिया