Logo

अर्थ

नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडाैं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठन गरिएको छनोट समितिको कामकाज रोक्न निर्देशन दिएको हो ।

निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफू अन्यायपूर्वक सूचीबाट बाहिरिएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १४:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।