Logo

प्रमुख समाचार

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ ।

समितिका संयोजक तथा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया सम्पन्न भएपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिए । समितिले तयार पारेको प्रतिवेदन ४५ पृष्ठको रहेको बताइएको छ।

छानबिनका क्रममा समितिले गुरुङसँग बयान लिएको थियो। बयान लिनुअघि गुरुङमाथि लागेका आरोपबारे सम्बन्धित निकाय तथा क्षेत्रसँग जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरणसमेत अध्ययन गरिएको समितिले जनाएको छ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले गुरुङमाथिको आरोपबारे सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १४:४१   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।