Logo

राजनीति

धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच नयाँ दल खोल्ने समझदारी, ‘नागरिक बचाउ महाअभियान’ विसर्जन (समझदारी पत्रसहित)



काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मुख्य उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ एकजुट भएका छन् ।

उनीहरूले आज एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा समेत गरेका छन् ।

कार्यक्रममा उनीहरूले राजसंस्था पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने संकेत गरेका छन् । मलमास सकिएलगत्तै नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

राणाले कार्यक्रममा बोल्दै पार्टीको नाम र झण्डा विज्ञहरूसँग छलफल गरेर टुंगो लगाइने र मलमासपछि नयाँ पार्टी औपचारिक रूपमा घोषणा गरिने जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १९:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।