Logo

समाचार

फुल्चोकी झरना क्षेत्रमा हराएका चार जनाको सकुशल उद्धार



ललितपुर। ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका एक युवतीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

शनिबार दिउँसो फुल्चोकी क्षेत्रमा दुई विद्यार्थी हराएको जानकारी काठमाडौँ उपत्यका प्रहरी कार्यालयमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धारकार्यमा खटिएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बागबजारस्थित एसएस एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित १४८ जनाको टोली फुल्चोकी भ्रमणमा गएको थियो।

सोही क्रममा दुई विद्यार्थी समूहबाट छुट्टिएका थिए। त्यस्तै, अर्को छुट्टै चार सदस्यीय समूहका दुई जना पनि फुल्चोकी झरना क्षेत्रमा अलपत्र परेका थिए।

प्रहरीले खोजी गर्ने क्रममा फुल्चोकी झरना क्षेत्रमा अलमलिएका चारै जनालाई फेला पारी सकुशल उद्धार गरेको थियो। उद्धार गरिएका उनीहरूलाई आजै साँझ आफन्तको जिम्मा लगाइएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ०८:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।