Logo

प्रमुख समाचार

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

सिन्धुपाल्चोकमा स्थगित, ३ जिल्लामा आज हुँदै



काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन् । काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुर जिल्ला सभापतिमा सन्जिव पाठक निर्वाचित भएका छन् ।

बाँकी जिल्लाहरूमध्ये चितवन, रसुवा र ललितपुरमा आज हुँदैछ । सिन्धुपाल्चोकमा शनिवार सुरू भएको अधिवेशन ‘विविध कारण’ले स्थगित भएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १२:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।