Logo

राजनीति

रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्। ‎सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।

‎‎दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो। ‎जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।

‎‎यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्। ‎सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख-२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ०७:००   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।