Logo

राजनीति

सांसद हर्क साम्पाङ ट्राफिक कारबाहीमा



काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार लापरबाही गरेर सवारीसाधन चलाएकोले राईलाई कारबाही गरिएको हो।

उनले केही दिनअघि एक हातले हेलमेटको फिता पनि नबाँधी मोटरसाइकल चलाएको भिडियो उनी आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

सोही यात्राका क्रममा उनी उदयपुरमा दुर्घटनामा परेका थिए। सोहि सार्वजनिक भिडियोको आधारमा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको हो।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार २१:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।