Logo

समाचार

पोखरा विमानस्थलबाट उडान गर्न फ्लाई दुबईलाई अनुमति



काठमाडौँ। यूएईको हवाई सेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्न अनुमति पाएको छ।

पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनतर्फ महत्त्वपूर्ण प्रगति भएको बताएका छन्।

उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले दैनिक उडान सञ्चालनको अनुमति पाएको खबरले सम्पूर्ण पोखरेली उत्साहित भएको उनले उल्लेख गरेका छन्।

मेयर आचार्यका अनुसार यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर पनि हो।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। साथै यसले पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार २१:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।