काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द भएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म ११ हजार ५२६ रहेको शाखा संख्या २०८३ वैशाख मसान्तसम्म घटेर ११ हजार ३५९ मा सीमित भएको छ।
राष्ट्र बैंकले शाखा कार्यालय मर्ज गर्न सहजीकरण गरेपछि बैंक तथा वित्तीय संस्थाहरूले शाखा संख्या क्रमशः घटाउँदै लगेका हुन्।
केन्द्रीय बैंकका अनुसार २०८३ वैशाख मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०६ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्।
त्यसै अवधिसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताको संख्या ६ करोड २७ लाख २३ हजार ७७ पुगेको छ। कर्जा खाताको संख्या भने २० लाख ३७ हजार ४३५ कायम रहेको राष्ट्र बैंकले जनाएको छ।




















प्रतिक्रिया